काठमाडौं । दश जनामा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २–० गोलको नतिजामा पराजित भएको छ ।

गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित हुनुपर्यो । इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक(एक गोल गरे ।
सन् २००६ यता विश्वकपका सुरुआती दुई खेलमा लगातार पराजित नभएको इरान नकआउट चरण नजिक पुगेको छ ।
यससँगै इरानले पहिलो खेलमा बेहोरेको हार बिर्साउँदै नकआउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ । इंग्ल्यान्डले १ खेलमा ३ अंक जोडेको छ र आज अमेरिकासँग खेल्नेछ । वेल्स र अमेरिकाको १-१ अंक छ ।














