कपिलवस्तु । कपिलवस्तु-३ बाट नेकपा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । गुप्ताले नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई ३ हजार ६३७ मतान्तरले पराजित गरेका हुन् ।

गुप्ताले २२ हजार ६१९ मत पाएका छन् भने शाहले १८ हजार ९८२ मत पाए । गुप्ता नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।














