Logo
Logo

१३६ निर्वाचन क्षेत्रको अन्तिम नजिता सार्वजनिक, कुन पार्टीले कति र कसले कहाँ जिते ? (सूची)


80.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३६ प्रतिनिधिसभातर्फका क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा ४५ स्थानमा जित हात पारेको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, प्रकाशमान सिंह लगायतका प्रभाशावली नेताले जित हासिल गरेका छन् ।

कांग्रेस पछिपछि एमाले रहेको छ । एमालेले अहिलेसम्म एमाले ३७ निर्वाचन क्षेत्रमा विजयी छ भने ७ स्थानमा अग्रता लिइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले जित हासिक गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले भने जित निकाल्न सकेनन् ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित १४ क्षेत्रमा निर्वाचत जितेको छ । ५ स्थानमा अहिले पनि माओवादी केन्द्र अघि रहेको छ । माओवादी केन्द्रका पनि प्रभावशाली नेताहरु पराजित हुन पुगेका छन् ।

अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने १० स्थानमा जित हासिल गरेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जित हासिल गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै चारवटा निर्वाचन क्षेत्रसहित ७ वटामा जित हासिल गरेको छ । चितवनमा रवि लामिछाने, ललितपुरमा तोसिमा कार्कीसहित काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा सो पार्टीले जित हासिल गरेको छ । अहिले एक स्थानमा अग्रता लिइरहेको छ ।

राप्रपाले ५ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले ३ सिट जितेर २ स्थानको मतगणनामा अघि छ । लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिटमा जितेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जितेको छ । जनमत पार्टी, राष्ट्रयि जनमोर्चा र नेपाल मजदुर कसिान पार्टीले १–१ ठाउँमा जति हासलि गरेका छन् ।

कसले कहाँ जिते

नेपाली कांग्रेस

मोरङ ३ – सुनिल शर्मा
संखुवासभा– दिपक खड्का
स्याङजा १ –राजु थापा
धनुषाा २ –रामकृष्ण यादव
गुल्मी १–चन्द्रकान्त भण्डारी
कैलाली ५–डिल्लीराज पन्त
मोरङ ६–डा. शेखर कोइराला
सिन्धुुपाल्चोक २–मोहन बस्नेत
नवलपरासी पश्चिम १–विनोद चौधरी
बर्दिया १– संजयकुमार गौतम
दाङ ३ –दिपक गिरी
सुर्खेत १– पूर्ण बहादुर खड्का
नवलपरासी बर्दघाट शुस्ता पूर्व २ –विष्णुकुमार कार्की
सप्तरी ३ – दिनेशकुमार यादव
धादिङ २ – रामनाथ अधिकारी
रौतहट–४ देवप्रसाद तिमलसेना
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १–शशांक कोइराला
तनहुँ १–रामचन्द्र पौडेल
सिन्धुली १ – श्यामकुमार घिमिरे
बाँके ३–किशोर सिँह राठोर
भक्तपुर २–दूर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाइ
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

एमाले

रुपन्देही २–विष्णुप्रसाद पौडेल
मोरङ २ – ऋषिकेश पोखरेल
कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता
पाल्पा १– नारायण प्रसाद आचार्य
पाल्पा २ – ठाकूर गैरे
सिरहा ३–लिलानाथ श्रेष्ठ
काभ्रे २–गोकुल बाँस्कोटा
कास्की १–मनबहादुर गुरुङ
धनुषा ३– जुलीकमारी महतो (महासेठ)
कञ्चनपुर १– तारा लामा तामाङ्ग
पाँचथर–बसन्तकुमार नेम्वाङ्ग
बारा ३–ज्वालाकुमारी साह
सर्लाही १–हरि उप्रेती
बारा १– अच्युतप्रसाद मैनाली
कास्की ३–दामोदर पौडेल ‘बैरागी’
कपिलवस्तु –१ बलराम अधिकारी
बैतडी–दामोदर भण्डारी
बाँके १–सुर्यप्रसाद ढकाल
सिरहा १– राम शंकर यादव
धनकुटा राजेन्द्रकुमार राई
झापा ४– लालप्रसाद साँवा लिम्बु
सोलुखुम्बु १– मानवीर राई विजयी
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली,
ताप्लेजुङ –योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र

नुवाकोट १–हितबहादुर तामाङ
कालिकोट –महेन्द्रबहादुर शाही
रुकुम पश्चिम–जनार्दन शर्मा
भोजपुर–सुदन किराँती
मोरङ ४– अमनलाल मोदी
खोटाङ –रामकुमार राई
दाङ २–रेखा शर्मा
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट–शक्ति बस्नेत
वाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुम पूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल

एकीकृत समाजवादी

दाङ १–मेटमणी चौधरी
डोल्पा – धनबहादुर बुढा
धादिङ १ राजेन्द्र पाण्डे
रौतहट १ –माधवकुमार नेपाल
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

चितवन १– हरि ढकाल
चितवन २ – रवि लामिछाने
ललितपुर ३–डा. तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोविता गौतम
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ ध्रुवबहादुर प्रधान
झापा ३ –राजेन्द्र लिङदेन
मकवानपुर १–दिपकबहादुर सिँह
बाँके २ – धवल शमशेर राणा
जुम्ला–ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)

लोसपा

महोत्तरी ३ –महन्थ ठाकुर
महोत्तरी २ –शरत सिंह भण्डारी
सर्लाही १ –रामप्रकाश चौधरी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल

जनता समाजवादी पार्टी

सिरहा ४– वीरेन्द्रप्रसाद महतो
सप्तरी १–नवलकिशोर शाह सुडी
पर्सा २ – प्रदीप यादव

नागरिक उन्मुक्ति पार्टी

कैलाली २ –अरुनकुमार चौधरी
कैलाली १– रञ्जिता चौधरी
कैलाली ३ – गंगाराम चौधरी

जनमोर्चा

बागलुङ १ –चित्रबहादुर केसी

जनमत पार्टी

सप्तरी २– सिके राउत

नेमकिपा

भक्तपुर १–प्रेम सुवाल

स्वतन्त्र

रौतहट २–किरण कुमार साह
सर्लाही ४– अमरेशुकमार सिंह
रौतहट –३ प्रभु शाह
मोरङ – ५ मा योगेन्द्र मण्डल
बर्दिया–२ लालविर चौधरी

प्रतिक्रिया दिनुहोस्