चितवन । चितवन निर्वाचन क्षेत्र ३ मा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पराजित गरेका हुन् ।

पाण्डेले ३४ हजार ३६२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी अधिकारीले २४ हजार ६७१ मत पाए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।














