Logo
Logo

बारा-२ मा जसपाका रामसहाय प्रसाद विजयी


819
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका शवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो सहित जसपा ५ सीटमा विजयी भएको छ ।

जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए ।
यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११ मत पाए ।

प्रतिक्रिया दिनुहोस्