Logo
Logo

रेखा थापा भारी मतान्तरले पराजित



काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पाटीबाट उम्मेदवार बनेकी रेखा थापा पारजित भएकी छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मासँग ३७ हजार ६३३ मतान्तरले पारजित भएकी हुन् । कांग्रेस उम्मेदवार शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा थापाले १० हजार ९९८ मत पाएर तेस्रो बनेकी छन् ।

कलाकारिता पेशा छाडेर राजनितिमा होमिएकी थापाले पहिलो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नै पराजय भोगेकी हुन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्दै दोस्रो भएका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास उप्रेतीले ३ हजार १७२ मत पाएर चौथो भए ।

प्रतिक्रिया दिनुहोस्