काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार विहान भेटवार्ता भएको छ ।

उक्त भेटघाटमा देउवा र प्रचण्डबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको गोविन्द परियारले जानकारी दिए । गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय गरेका छन् ।














