काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन ।
प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।
समानुपातिक तर्फको जारी गणनामा नेकपा एकीकृत समाजवादीले १ लाख ८८ हजार ११८ मत पाएको छ ।
एकीकृत समाजवादीले समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ प्रदेश १ मा ३२ हजार ८२१ मत पाएको छ भने मधेस प्रदेशमा ४९ हजार १२९ मत पाएको छ ।
त्यसैगरी, बाग्मती प्रदेशमा ३१ हजार ६६ मत पाएको छ भने गण्डकी प्रदेशमा ८ हजार ७२१ मत पाएको छ ।
त्यस्तै, लुम्बिनीमा १७ हजार ८८५, कर्णालीमा २० हजार ८४७ र सुदूरपश्चिचमा २७ हजार ८४६ मत पाएका ।














