Logo
Logo

सुवास नेम्वाङको क्षेत्रमा हस्ताक्षर नभएको मतपत्र भेटियो


58.1k
Shares

इलाम । इलाम निर्वाचन क्षेत्र २ मा अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।

मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । यस क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्