
काठमाडौं । सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्याका लागि मधेस राजनीतिका दुई हस्ती प्रतिस्पर्धामा थिए । तर, मतगणना नसकिँदै एक हस्तीको संसदीय यात्रा रोकिएको छ ।
यस क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव प्रतिस्पर्धामा थिए । तर, यदव निर्वाचित भइसकेका छन् । उनी नेकपा माओवादीको चुनाव चिन्हबाट प्रतिस्पर्धामा थिए ।
यस क्षेत्रमा ८ सय ८९ मत गणना गर्न बाँकी छ । बाँकी सबै मत महतोलाई गए पनि जित सम्भव छैन । त्यसैले गणना बाँकी हुँदै यादव निर्वाचित भएका हुन् ।
हालसम्म यादवले २२ हजार ६ सय ४१ मत पाएका छन् भने महतोले २० हजार १ सय ६२ मत पाएका छन् । यादवले पाएको मत महतोले पाएको भन्दा २ हजार ४ सय ७९ धेरै हो ।














