Logo
Logo

समानुपातिकतर्फ ७६ लाख मत गनियो, कुन पार्टीले कति पायो ?


9.8k
Shares

काठमाडौं । समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । निर्वाचन आयोगले साँझ उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो ।

सबैभन्दा बढी नेकपा एमालेले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार ६२५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ८ लाख ९१ हजार ८०८ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ८७१ मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५८ हजार ४५९ मत, जनता समाजवादी पार्टीले २ लाख ४८ हजार ९६८ मत, नेकपा (एकीकृत समाजवादी)ले १ लाख ९३ हजार ९६४ मत, जनमत पार्टीले १ लाख ७८ हजार २३२ मत, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ८५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४ हजार ३४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार ३०८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्