Logo
Logo

प्रतिनिधिसभा : कुन दलले कति सिट जिते ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ निर्वाच क्षेत्रको नतिजा आएको छ ।

जसमध्ये हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत निकालेको छ । त्यस्तै नेकपा एमालेले ४० वटा क्षेत्रमा जित निकाल्दै कांग्रेसलाई पछ्याइरहेको छ ।

नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात–सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका छन् ।

१५४ क्षेत्रको नतिजा आएपछि अझै ११ स्थानको नतिजा आउन बाँकी छ । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना नै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्