Logo
Logo

रामेछाप-१ मा भारी मतसहित कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित


1.6k
Shares

काठमाडौं । रामेछाप–१ नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई झण्डै १७ हजार मतान्तर पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका कांग्रेसका तामाङले ४७ हजार ९९ मतसहित विजयी हुँदा एमालेका ढुंगेल ३० हजार ७३० मतमा रोकिए । यस्तै, यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर घिसिङले १४८४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्