Logo
Logo

समानुपातिकमा माओवादीले कटायो १० लाख मत


4.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म माओवादीको समानुपातिक मत १० लाख ८ हजार १०० मत पुर्याएको हो ।

त्यस्तै सोही समयमा एमालेले २४ लाख २३ हजार ३३५ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ३ हजार ६५७ मतसहित दोस्रो स्थान बनाएको छ ।

त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्