Logo
Logo

दोलखाका १० वटा केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने


2k
Shares

काठमाडौं । दोलखामा विवादका कारण रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः मतदान हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज (सोमबार) बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो । नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेपछि आयोगको एउटा टोलीले स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

जिल्लाको वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्