Logo
Logo

उदयपुर-१ को मतगणना गर्न आयोगको निर्देशन


5.9k
Shares

काठमाडौं । निर्वाचन आयोगले उदयपुर-१ को मतगणना गर्न निर्देशन दिएको छ । आयोगले सोमबार उदयपुरका मुख्‍य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना गर्न निर्देशन दिएको हो ।

आयोगका उप-सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, ‘…सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्‍य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए ।

उदयपुर-१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्