
काठमाडौं । उरुग्वेलाई हराउँदै पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा ब्रुनो फर्नान्डेजको दुई गोलमा उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै क्वाटरफाइनलमा पुगेको हो ।
फर्नान्डेजले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए ।
जितसँगै पोर्चुगल समूह ‘एच’को अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र उरुग्वेको समान एक–एक अंक छ ।














