Logo
Logo

यी हुन् समानुपातिकमा ५ हजार पनि मत नपाउने १२ दल


3.5k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिमतिर पुगिसक्दा समानुपातिककतर्फ विभिन्न १२ राजनीतिक दलले ५ हजार मत पनि कटाउन सकेका छैनन ।

विवेकशील साझा पार्टीसहितका १२ दलले प्रतिनिधिसभाको समानुपातिकमा ५ हजार मत कटाउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार पिछडावर्ग निषाद दलित जनजाती पार्टीले ४ हजार ३६, विवेकशील साझाले ३ हजार ८२४, नेकपा माओवादी समाजवादीले ३ हजार ५२७, एकीकृत शक्ति नेपालले ३ हजार २२७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ९५ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ९०, मौलिक जरोकिलो पार्टीले ३ हजार २८, जमलोपाले २ हजार ९३१, नेपाल समावेशी पार्टीले २ हजार ५१४, नेकपा परिवर्तनले १ हजार ९८२, नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ८९७ र राष्ट्रिय नागरिक पार्टीले सबैभन्दा कम १ हजार ८४१ मत पाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्