Logo
Logo

पण्डितले ‘प्रधानमन्त्री भव’ भन्दै ओलीलाई लगाइदिए रुद्राक्षको माला



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पण्डितले ‘प्रधानमन्त्री भव’ भन्दै रुद्राक्षको माला लगाइदिएका छन् । 

प्रतिनिधिसभामा पुनःनिर्वाचित भएकोमा मंगलबार एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले पार्टी केन्द्रीय कार्यालय  च्यासलमा शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ओलीलाई स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ ।

कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिकका लागि मन्त्रोच्चारण गरेका गरेका थिए । कार्यक्रमका उद्घोषकले तिमल्सिना पण्डित भएको र १० महाविद्याका साधक भएको जानकारी दिएका थिए । 

पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई ‘सुख शान्ति, समृद्धि दीर्घायु, सकल, शक्तिशाली नेतृत्व, प्रधानमन्त्री भव’ मन्त्रोच्चारण गर्दै रुद्राक्षको माला पनि लगाइदिएका थिए । 
कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा। भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्