Logo
Logo

वाम गठबन्धन गरेर सरकार बनाउने सम्भावना छैन : माधव



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा भएको सचिवालय बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेपालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताए । ‘वामगठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ । अहिलेकै गठबन्धन दलहरूबीच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको बताए । केही ठाउँमा पुन: मतदान र मतगणना नै बाँकी रहेकोले यसका लागि छलफल गर्ने समय रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्