Logo
Logo

वरिष्ठ पत्रकार किशोर नेपालको सबै अकाउन्ट र मोबाइल नम्बर बन्द



काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल फेसबुक, ट्वीटर, इन्टाग्राम अकाउन्ट र मोबाइल नम्बर बन्द गरेर सम्पूर्ण सञ्चार माध्यमबाट विमुख भएका छन् ।

दृश्यटिभी डटकमले लेखेको समाचार अनुसार अक्टोबर २५ (कार्तिक ६) मा उनको फेसबुक अचानक बन्द भएको थियो । त्यसयता लगातार उनको ट्वीटर र इन्टाग्राम अकाउन्ट बन्द गरिएको थियो । त्यति मात्र नभएर उनले प्रयोग गर्दै आएको ९८०२०३१८८१ नम्बरको मोबाइल नम्बरसमेत निर्वाचनको दुईदिन अघि बन्द गरिएको उक्त समाचारमा उल्लेख छ । 

आफ्ना सबै अकाउन्ट र मोबाइल नम्बर समेत बन्द भएपछि वरिष्ठ पत्रकार नेपालले प्रहरीको साइबर ब्यूराे मात्र नभएर गृहमन्त्री बालकृष्ण खाँण र सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीलाई समेत जानकारी गराए पनि सरकारी निकायले यसबारे चासो नदेखाएको उनले जानकारी दिएका छन् ।

प्रहरीले अकाउन्ट ह्याक भएको जानकारी दिए पनि त्यसबारे थप केही प्रगति नभएको उनले बताएका छन् । तर, सबै अकाउन्ट र मोबाइल नम्बरसमेत अचानक बन्द भएपछि यो विषय गम्भीर भएको छ ।

वरिष्ठ पत्रकार नेपाललाई पूर्ण रुपमा सञ्चार सेवाबाट विमुख पारिएपछि पत्रकार र पत्रकारजन्य संघ संस्थाहरुले यसबारे तत्काल कारबाही अघि बढाउन सरोकारवाला पक्षसँग माग गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्