Logo
Logo

विजय गच्छदार पहिलो पटक पराजित


6k
Shares

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार पराजित भएका छन् । गच्छदार नेकपा एमालेका भगवती चौधरीसँग पराजित भएका हुन् ।

गच्छदारले ३५ हजार ६०० मत पाएका छन् भने चौधरीले ४० हजार ७८८ मत पाए । यो हारसँगै गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । ०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार यो पटक भने पराजित भए ।

प्रतिक्रिया दिनुहोस्