Logo
Logo

एकीकृत समाजवादीले जिल्ला र प्रदेशबाट निर्वाचनको समीक्षा रिर्पोट लिने


9.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षाको प्रतिवेदन प्रदेश र जिल्ला कमिटीबाट लिने भएको छ ।

आज सम्पन्न सचिवालय बैठकले निर्वाचनको आधारभूत समीक्षा गर्दै विस्तृत समीक्षा जिल्ला र प्रदेश कमिटीबाट मगाउने निर्णय गरेको हो । त्यसपछि मात्र केन्द्रीय समितिले विस्तृत समीक्षा गर्ने भएको हो ।

बैठकले मंसिर ४ मा सम्पन्न निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई धन्यावादसमेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्