Logo
Logo

ओलीका लागि सुकुमबासीहरू भोट बैंक मात्रै : बालेन


3.6k
Shares

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुमबासीहरू लागि भोट बैंक मात्रै भएको टिप्पणी गरेका छन् । 

प्रमुख शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म भए पनि सुकुमबासीले भोगेका ३२ वटा जाडो नदेखेको आरोप लगाएका छन् । 

 काठमाडौं महानगरले सोमबार थापाथली स्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि बासिन्दाहरूले महानगरका प्रहरीमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणबाट नगर प्रहरीहरू पनि घाइते भएका छन् । 

उक्त विषयमा अध्यक्ष ओलीले आज एक कार्यक्रममा बोल्दै बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका थिए । नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताएका थिए । 

‘अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तराईको धारणा थाहा पाएँ । तराईबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो । तर सुकुमबासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुमबासीहरू तराईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरूमा प्रयोग गर्नु भयो’, उनले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्