Logo
Logo

विश्वप्रकाश विमानस्थलबाट सीधै पुगे गगन निवास


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गगन थापाबीच भेटघाट भएको छ ।

झापा-१ बाट निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सीधै थापा निवास रातोपुल पुगेर शर्माले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।

शर्माले थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

‘म महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं-४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर होइन । सांसद पहिल्यै भइसक्नुभएको हो । पटक-पटक मन्त्री भएर अनुभव पनि हासिल गरिसक्नुभएको हो’, उनले भने, ‘अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो ।’

शर्माले थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्