Logo
Logo

संखुवासभाको गोला बजारमा लक्ष्मी बैंकको नँँया एक्स्टेन्सन काउण्टर



काठमाडौं । लक्ष्मी बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नं ४ स्थित गोला बजारमा शाखा सञ्जाल विस्तार गरी एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । एक्स्टेन्सन काउन्टरको शुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वासका साथ सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्