Logo
Logo

अछाममा नेसनल लाइफको अभिकर्ता प्रशिक्षण



काठमाडौं । काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब एक सय ३५ जना अभिकर्ताको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई बिमा व्यवसाय गर्दै आएका अभिकर्तालाई अभिकर्ता पेसामा व्यावसायिक बनाउने बताए । उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो । उनले बिमा ऐन, २०७९ का आधारभूत विषयवस्तुको बारेमा प्रकाश पारेका थिए ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्तालाई बिमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएको जनाइएको छ । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्