Logo
Logo

माछापुच्छ्रे बैंकको अध्यक्षमा महतो



काठमाडौं । माछापुच्छ्रे बैंकको यही २०७९ मंसिर १२ गते सोमबार बसेको ४७२औँ सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैरआवासीय संघका संस्थापक अध्यक्षसमेत रहेका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन । अध्यक्ष महतोको नेतृत्वमा बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्