Logo
Logo

लक्ष्मी इन्टरकन्टिनेन्टलका गाडीमा नबिल बैंकले लगानी गर्ने



काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नबिल बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल र इन्टरनल कम्बसन इन्जिन सवारीसाधनका लागि वित्तीय विकल्प विस्तार गर्ने सम्झौता गरेको छ । सम्झौतामा बैंकका वरिष्ठ डिसिइओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्राहकले अब नबिल बैंकमार्फत १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा आफ्नो हुन्डाई गाडी, इभी वा आइसिई फाइनान्स गर्न सक्ने जनाइएको छ । यसका लागि बैंकले सबै आवश्यक कागजात प्रमाणित गरिसकेपछि तीन कार्य दिनमा सात वर्ष अवधिका कर्जा स्वीकृत हुने बैंकले जनाएको छ । विद्युतीय सवारीका लागि व्यक्तिलाई ८० प्रतिशत र फर्महरूका लागि ७० प्रतिशत लगानी गर्ने जनाइएको छ ।

त्यस्तै, इन्टरनल कम्बसन इन्जिन सवारीसाधनका लागि व्यक्तिलाई ५० प्रतिशत र फर्महरूलाई ७० प्रतिशतसम्म लगानी गर्ने जनाइएको छ । ग्राहकले नबिल बैंकको जुनसुकै शाखा वा हुन्डाईका देशभरका १७ वटा सोरुममा गएर यो अफरको फाइदा लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्