धनगढी । बैतडीमा बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ भने उनीसंगै अर्का किशोरी घाइते छन् ।

प्रहरीका अनुसार बैतडीको शिवनाथ गाउँपालिका-६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका-४ को सैलोडाका २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ ।
मंगलबारदेखि बेपत्ता लुहारको शव भेटिएको र घरबाट उनीसंगै गएका १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेहा पनि घाँटी रेटेको अवस्थामा भेटिएका हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।














