Logo
Logo

पद्माकुमारीको अग्रता कायमै, ११ मतले पछि परे धनराज


12.7k
Shares

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्याल र नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङबीच कडा टक्कर देखिएको छ ।

बुधबार राती सुरुभएकाे मतगणनामा एमालेकी पद्यमकुमारीले अग्रता लिइरहेकी छन् । अर्यालले २ हजार ९ सय २० मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

उनीहरुबीच ११ मतको अन्तर छ । यसअघि धनराजभन्दा पद्मा ४४४ मतले अघि थिइन् । अहिले भने धनराजले अफ्नो मतान्तर घटाएका छन्। स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। चुनाव सकिएको १० दिनपछि बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्