Logo
Logo

स्याङ्जा-२ : धनराजको अग्रता कायमै, पद्माले घटाइन् मतान्तर



काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले ११ हजार ८०५ मत पाएकी छन् । अर्यालले मतान्तर घटाउँदै लगेकी हुन् ।

अहिले अर्याल गुरुङभन्दा एक हजार ४३५ मतले पछाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्