Logo
Logo

स्याङ्जा-२ मा धनराजकाे अग्रता कायमै, २०७१ मतले पछि परिन् पद्मा



स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन सम्पन्न भएको १२ औं दिनमा बुधबार राति ९ बजे देखि सुरु गरिएको मतगणनाको सुरुवातदेखी नै अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार १२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले २० हजार ४९ मत पाएकी छन् । अर्याल गुरुङभन्दा दुई हजार ७१ मतले पछाडि छन् ।

अब गल्याङ नगरपालिकाको एउटा वडा र चापाकोट नगरपालिकाको मत गणना गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्