Logo
Logo

निर्वाचनको परिणाम सुखद् रहेन : अध्यक्ष तिमिल्सिना


2k
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम ठुला दल माथी नै प्रश्न उठ्ने गरी आएको भन्दै उनले यसलाई राम्रो मान्न नसक्ने बताए ।

शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एकदिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह समेत गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम लगभग आइसक्दा ठुला दलका राम्रो पकट भएका उम्मेदवारलाई पछि पार्दै नयाँ दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुले दलहरुमाथिनै प्रश्न उठेको उनको भनाइ छ । यसरी दलहरुमाथी नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाई थियो ।

उनले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटक पटक ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्