Logo
Logo

एनआरएन केन्यामा युवाको नेतृत्व


- दृष्टि न्युज/संवाददाता


नैरोबी, २३ भदौ ।
गैर आवसिय नेपाली संघ, केन्याले युवालाई नेतृत्व सुम्पिएको छ । छन् । राजधानी नौरोबीमा आइतबार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को चौथो राष्ट्रिय महाधिबेसनले सुरज डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा शिब लाल अधिकारी, महासचिवमा टिका धिताल, सचिबमा लक्ष्मी बुलुन, कोषाध्यक्षमा यज्ञमणी (भरत ) रेग्मी चयन भएका छन् । महाधिबेशनले महिला संयोजकमा कुमारी जि .सी. र युबा संयोजकमा कमल राज अधिकारीलाई जिम्मेवारी सुम्पेको छ । संस्थाको संरक्षकमा ईन्जिनियर कुल बहादुर कार्की , ईन्जिनियर नरायण भट्टराई र ईन्जिनियर उदय हाडा तथा सल्लाहकारमा कृष्ण दत्त भट्ट , खेम पौडेल , धनेद्र बस्नेत र कृष्ण गैरेलाई चयन गरिएको छ ।
नयाँ कार्य समितीका कार्यकारी सदस्यहरुमा डा. सिताराम घिमिरे ,ईन्जिनियर बरुण शुवाल ,ईन्जिनियर मनोज बस्नेत , रवी जैन, भगवती तमाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे सर्वसम्मत रुपमा चुनिएका छन् ।
नारायण भट्टराई, उदय प्रकाश हाडा र यादब काफ्ले नेतृत्वको निर्वाचत मण्डलले निर्वाचन सम्पन्न गरेको हो । निर्वाचित पदाधिकारीलाई आइतबार नै पद तथा गोपनियताको सपथ खुवाइएको छ भने पं्रमाणपत्र समेत वितरण गरिएको छ ।


एनआरएन केन्याका निवर्तमान अध्यक्ष कृष्ण दत्त भट्टले नयाँ कार्य समितीलाई आगामी कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् ।
नव निर्वाचित अध्यक्ष सुरज डुम्रेले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका छन् । केन्यामा रहेका सम्पूर्ण नेपालीहरुलाई समेटेर लैजाने उनको प्रतिबद्धता छ । तपाईहरुको अदम्य प्रेम, स्नेहलाई विश्वासलाई निराशामा परिणत हुन दिने छैन,’ उनले भने,‘तपाईहरुको सल्लाह, सुझाव र सहयोगकै आधारमा अघि बढ्नेछु ।’
गैर आवसिय नेपाली संघ केन्या का भाबी योजना समेत उनले सार्वजनिक गरेका छन् । केन्यामा नेपाली दूतावास स्थापनाका लागि आफूले सक्दो पहल गर्ने उनले बताएका छन् । केन्यामा करिब पाँच सय नेपाली विभिन्न पेशा र व्यवसाय गरी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्