Logo
Logo

तारा एयरको जहाजसँग चिल ठोक्कियो


2.1k
Shares

काठमाडौं । हुम्लामा तारा एयरसँग चिल ठोक्किएको छ ।

बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।

चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ।चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ ।

नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो । विमानस्थल पुग्नु ४/५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको सुवेदीले बताए ।

चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ। जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए। उनीहरू सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्