Logo
Logo

संसद्का महासचिवको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट


1.4k
Shares

काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको एउटा पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

बुधबार सचिवालयका महासचिव डा. गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राष्ट्रपतिको कार्यालय, सर्वोच्चलगायत निकायमा पत्र पठाएका थिए ।

त्यसको कानुनी आधार नभएको र उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेज माग गर्दै सर्वोच्च अदालत बारका पदाधिकारीले रिट दायर गरेका हुन् ।

पत्र खारेजी गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ । सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले दर्ता गरेको रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्