Logo
Logo

फिफा विश्वकप : आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै



काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज (शनिबार) क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्।

कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति पौने ९ बजे सुरु हुनेछ।

मोरक्को राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो।

अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो। इंग्ल्याण्ड सेनेगललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

यसअघि शुक्रबार राती भएको खेलमा ब्राजिललाई हराउँदै क्रोसिया सेमिफाइनलमा पुगिसकेको छ भने नेदरल्याण्डलाई हराउदै अर्जेन्टीना सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्