Logo
Logo

विश्वकपबाट बाहिरिएपछि ब्राजिलका मुख्य प्रशिक्षकद्वारा राजीनामा



काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् ।

कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलबाट ब्रानिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४(२ ले हराएको थियो । ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो ।

उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्