काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

त्यस्तै, आदिबासी जनजातिबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली रहेका छन् । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न परेपछि डा. प्रकाशचन्द्र लोहनी सांसद बन्न असफल भएका छन् ।
आदिवासी जनजातिबाट वुद्धिमान तामाङ चयन भएसंगै डा. प्रकाशचन्द्र सांसद बन्न असफल बने ।














