काठमाडैं । बैंक अफ काठमाण्डूको २८औँ वार्षिक साधारणसभा २०७९ मंसिर २३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेल काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरण पनि स्वीकृत गरेको छ । सभाले २०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै विशेष प्रस्तावअन्तर्गत बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको छ ।
बैंकले हाल १०४ शाखा कार्यालय, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।












