Logo
Logo

महानगरको फुटवल प्रतियोगिता : एकसाथ ५० जनाभन्दा बढी खेलाडी मैदानमा



काठमाडौं । काठमाडौं महानगरले सोमबार मैत्रिपूर्ण फुटवल खेल आयोजना गरेको छ । महानगरको २८औं स्थापना दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा महानगर प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीच मैत्रीपूर्ण खेल भएको थियो ।
प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । प्रमुख ११ को टिम कप्तानको जिम्मा मेयर बालेन्द्र साहले गरेका थिए ।

खेल ६–१ को अन्तरले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । फुटबल नियमसंगत तरिकाले खेलाइएको थिएन । दुवै टिमका गरी ५० जना भन्दा बढी खेलाडी मैदानमा छिरेका थिए । प्रतियोगितामा महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रंगाशामा उपस्थित थिइन् । तर उनी खेलाडीका रुपमा मैदान प्रवेश भने गरिनन् । उनले बाहिरै बसेर बालेनको टिमको पक्षमा हुटिङ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्