काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले सिनामंगलको काठमाडौं मेडिकल कलेजमा उपचारसम्बन्धी सेवा लिँदा छुट पाउने भएका छन् । ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौतामा बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजयसिंह भण्डारी तथा अस्पतालका सामान्य प्रशासन प्रमुख प्रेमप्रकाश थापाले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, क्युआरमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।












