Logo
Logo

बेलायतमा तालमा डुबेर तीन बालकको मृत्यु



एजेन्सी । मध्य इङ्ल्यान्डको बर्मिङ्घम नजिकैको हिमतालमा डुबेर तीन बालकको मृत्यु भएको छ । सोलिहुलस्थित बब्स मिल पार्कमा रहेको तालमा डुबेर तीन बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ११ वर्ष मुनिका तीन बालक रहेका छन् । तालमा डुबेको बेलामा उद्धार गरिएका एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये आठ, १० र ११ वर्षका ती बालकलाई पानीबाट निकालेपछि अस्पताल लगिएको वेस्ट मिडल्यान्ड्स प्रहरीले जनाएको छ । उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्