
काठमाडौं । डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । आइतबार राति जगदुल्ला गाउँपालिका–३ थापागाउँस्थित वडा कार्यालय नजिकै दुई पक्षबीच कुटाकुट हुँदा ९ जना घाइते भएका छन् ।
उक्त कुटाकुटबाट एमालेका ४ र माओवादीका ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका जालपा बोहोरा, शान्ता बोहोरा, भद्र बोहोरा र सोही ठाउँमा १२ वर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।
यस्तै, माओवादीका बिर्ख बोहोरा, लक्ष्मण बोहोरा, गोरसिंह बोहरा, पबिन्द्र बोहरा र जगत बोहरा घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका उनीहरुबीच सामान्य वादविवाद भई झगडा हुँदा घाइते भएका प्रहरीले जनाएको छ ।











