Logo
Logo

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


756
Shares

महेन्द्रनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा केहीबेर अघि महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक गिरीले भने, ‘प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको खबर छ, अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।’ प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्