Logo
Logo

गोल्डेन बुटको रेसमा एमबाप्पेलाई भेटे मेस्सीले



काठमाडौं । गोल्डेन बुटको दौडमा रहेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन् । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत मंगलबार राति क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै मेस्सीले एमबाप्पेलाई भेटेका हुन् ।

उनको गोलसंख्या ५ पुगेको छ । मेस्सी एउटै विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । एम्बाप्पेले पनि यो विश्वकपमा ५ गोल नै गरेका छन् । मेस्सीले पहिलो खेलमा साउदीविरुद्ध १ गोल गरेका थिए ।

दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि गोल गरेका मेस्सीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध र क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि गोल गरेका थिए ।

फ्रान्सका लागि एमबाप्पेले पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल गरेका थिए । समूहको दोस्रो खेलमा डेनमार्कविरुद्ध २ गोल गरेका उनले अन्तिम १६ को खेलमा पोल्याण्डविरुद्ध पनि २ गोल नै गरे ।

त्यस्तै मेस्सी र एम्बाप्पेका साथै फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज पनि यो प्रतिस्पर्धामा देखिएका छन्।
फ्रान्सकै जिरुडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध २ गोल, पोल्याण्डविरुद्ध १ गोल र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध १ गोल गरेका छन्।

क्रोएसियासँगको खेलमा २ गोल गरेका अल्भारेजले यो विश्वकपमा आफ्नो गोलसंख्या ४ पु¥याएका छन् । उनले यसअघि उनले पोल्याण्ड र अष्ट्रेलियाविरुद्ध १÷१ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्