Logo
Logo

संघीय संसदका सचिव घिमिरेले दिए राजीनामा


20.7k
Shares

काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई राजीनामापत्र बुझाएका हुन् ।

संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका घिमिरेको कार्यकाल सकिन ९ महिना बाँकी थियो । तर, उनले पारिवारिक कारण देखाउँदै मंगलबार राजीनामा दिएका हुन् ।

उक्त पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्