Logo
Logo

हाम्रो संघीयता नेपाली विशेषताको हुन सकेन- शिक्षामन्त्री


1.3k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपालको संघीयता नेपाली विशेषताको बन्न नसकेको बताएका छन् । 

बुधवार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’मा बोल्दै मन्त्री पौडेलले नेपालको संघीयता भनेको नेपाली विशेषता, नेपालको भूगोल, नेपालको संस्कृति र नेपालको आञ्चलिकता प्रतिनिधित्व हुने खालको हुनुपर्ने बताए । 

देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको मन्त्री पौडेलले स्वीकार गरे ।
 
भारतमा बंगाल भूगोलको नाम बंगाल राख्दा जात नभएर समुदायको प्रतिनिधित्वको रुपमा बुझिए पनि नेपालमा मगरात भन्दा जात बुझिएको मन्त्री पौडेलको भनाइ थियो । 

मन्त्री पौडेलले भने– ‘बंगाल भनेको जात होइन । त्यसलाई समुदाय वा आञ्चलिकताको रुपमा बुझियो । तर, नेपालमा हामीले मगरात भन्दा मगर अर्थात जात बुझेर विरोध गरियो । त्यसैले नेपालको संघीयता नेपाली मौलिकताको हुन सकेन ।’

समुदायको आधारमा नाम राख्न खोज्दा जात विशेषको आधारमा नाम राख्न खोजियो भन्ने गलत प्रचार हुँदा नेपालको संघीयता नेपाली विशेषताको बन्न नसकेको मन्त्री पौडेलले प्रष्ट पारे । 

मन्त्री पौडेलले संघीयता भनेको प्रशासनिक विभाजन मात्र नभएको समेत बताएका छन् । राज्यका सबै निकायहरूमा समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्व सुनिश्चित हुनु नै संघीयताको खास अर्थ भएको बताउँदै संघीयता केवल प्रशासनिक विभाजनका लागि मात्रै भएको धारणा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्