काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको ११० सिटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।
निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको निर्वाचन आयोगले बुधबार मतपरिणाम सार्वजनिक गर्दै जानकारी दिएको छ ।
(सूची)














